मङ्लबार, फाल्गुन १३, २०७६
Tuesday, February 25, 2020

१० नम्बरको रिपोर्ट : सरकारसँग मध्यम बर्ग र साना व्यापारी भड्किएका छन्

प्रस्तोता : युवराज चौंलागाईं

नेकपा स्थायी कमिटी सदस्य कमरेड युवराज ज्ञवालीको अध्यक्षतामा समूह १० को समूह बैठक माघ १५ गते दिनभर र १६ गते बिहानसमेत गरी जम्मा नौ घण्टा बस्यो । समूह नम्बर १० मा जेष्ठ कम्युनिष्ट मञ्चका अध्यक्ष, पार्टी स्थायी समितिका २ तथा केन्द्रीय कमिटीका २६ सदस्यहरु समेत गरी २९ जना कमरेडहरु रहनुभएको थियो । १० नम्बर समूहमा विविधताको हिसाबले २९ सदस्य मध्ये २ जना मात्र महिला, दुई जना मुस्लिम, दुई मधेशी तथा एक थारु समुदायको कमरेडहरु समेत रहनुभएको थियो ।छलफलमा २ जना कमरेडहरु भने अनुपस्थित रहनुभयो । केही कमरेडहरु आंशिक अनुपस्थित हुनेक्रम दुवै दिन चलिरह्यो । अधिकांश कमरेडहरु दुवै दिन नियमित र उत्साहजनक रुपमा समूह बैठकमा सहभागी रहनुभयो । सुरुमा कमरेडहरु महेश बस्नेत, यज्ञराज सुनुवार, मोहम्मद मेहफूज अन्सारी र युवराज चौंलागाईं सहभागी अभिलेख कमिटी निर्माण गरियो । छलफल अत्यन्त सौहाद्रपूर्ण, गम्भीर र न्यानो कमरेडली भावनाका बीचबाट हार्दिकतापूर्वक चल्यो ।

समूहगत छलफलबाट समूहको विषय प्रस्तोताको भूमिकामा चयन गर्ने समूह नं १० का मेरा आदरणीय कमरेडहरुप्रति यस रोष्ट्र्रमबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE