मङ्लबार, फाल्गुन १३, २०७६
Tuesday, February 25, 2020

एअरलिप्ट गरेर सुत्केरीको ज्यान जोगाइयो

चैनपुर साउन ९। बझाङ जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ७ कि सुत्केरी धुमा सार्कीको ज्यान एअरलिप्ट पाउदा जोगिएको छ ।

अप्रेसन गरेर बच्चा पाएकी २५ बर्षियमा धुमाको स्वास्थ्य निक्कै गम्भीर भएपछि उनलाई प्रदेश सातको सामाजिक विकास मन्त्रालयले एअरलिप्ट सेवा दिएर कोहलपुर पुगाएको हो ।

सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीका अनुसार मंगलबार साँझ मनाङ एअरको हेलिकोप्टरबाट कोहलपुर लगेर धुमाको उपचार थालिएको छ । उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । यद्यपी अहिले पनि कोहलपुर अस्पतालमा आइसियूमा राखेर उनको उपचार भैरहेको छ । उनको बच्चाको अवस्था निक्कै राम्रो रहेको छ ।

धुमाले बझाङ जिल्ला अस्पतालमा मंगलवार नै बच्चा पाउनु भएको थियो । बच्चा पाएपछि स्वास्थ्य अवस्था निक्कै गम्भीर बनेपछि नेपालगञ्ज रिफर गरिएको थियो । तर गाडीबाट लैजादा ज्यान झन खतरामा पर्ने भएपछि उनलाई बझाङको झोताबाट हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

बझाङ अस्पतालका डाक्टर अनुप रेग्मीले आफ््नो फेसबूकमा लेखे अनुसार बच्चा पाएपछि फोक्सो र कलेजोमा समस्या आएर काप्दै धुमा बेहोस भएकी थिइन ।

सामाजिक बिकास मन्त्रालयले दुर्गम हिमाली र पहाडी क्षेत्रका सर्बसाधारणलाई स्वास्थ्यसम्वन्धी गम्भीर समस्या आए एअरलिप्ट दिने नीति अनुसार पाँच लाख खर्च गरेर धुमालाई एअरलिप्ट सेवा दिइएको हो । इअनुमोदनबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE