मङ्लबार, फाल्गुन १३, २०७६
Tuesday, February 25, 2020

मेरो उद्देश्य प्रदेशको समग्र विकास : मुख्यमन्त्री

धनगढी साउन ९ । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले गरेको सकारात्मक काम कारबाहीलाई जस्ताको त्यस्तै सञ्चार माध्यममा ल्याइदिन आग्रह गरेका छन् ।

मङ्गलवार आफ्नै कार्यालयमा सरकारी सञ्चार माध्यमका प्रतिनिधिहरुसंग छलफल गर्दै उनले प्रदेश सरकारलाई साथ दिन आग्रह गरेका हुन । प्रदेश सरकार गठनपछि भएका सकारात्मक काम कारबाहीहरुलाई जस्ताको त्यस्तै सञ्चार माध्यममार्फत प्रकाशन÷प्रशासन गरेर जनताहरुलाई सुसूचित गर्ने दायित्व सञ्चार माध्यमको रहेको उनले बताए ।

सहि सूचना प्राप्त नहुँदा जनतामा निराशा छाउने गरेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले भने–‘जे काम भएको छ, त्यसको सहि सूचना दिएर जनताहरुको निराशा चिर्ने काम सञ्चार माध्यमको हो ।’

उनले सकारात्मक कामलाई सकारात्मक नै भन्नु पर्ने भन्दै प्रदेश सरकारले काम गर्ने शिलशिलामा गल्ती भएमा त्यसतर्फ निगरानी गर्न पनि आग्रह गरे । आफ्नो उद्देश्य प्रदेशको समग्र विकास र एउटा प्रणालीको निर्माण गर्नु रहेको मुख्यमन्त्रीको भनाइ थियो । ‘यो बाहेक मेरो स्वार्थ केहि छैन’, उनले बताए ।

प्रदेश सरकाले सबै मन्त्रालयबाट सहज रुपमा सूचना उपलब्ध गराउने तयारी समेत गरिरहेको मुख्यमन्त्री भट्टको भनाइ थियो । एक छुट्टै प्रसङ्गमा उनले पहाडका कुना कन्दराबाट समेत गुनासो आउने अपेक्षा सहित ‘हेलो सीएम’ सञ्चालन गरे पनि दूरदराजका जनताबाट पर्याप्त गुनासो÷उजुरी नआएको बताए । हेलो सीएममा आएका गुनासाहरुलाई एकरएक हप्तामा स्वयम् आफूले केलाउने गरेको जनाउँदै मुख्यमन्त्री भट्टले मुख्य–मुख्य विषयलाई प्राथमिकताको आधारमा सम्बोधनको प्रयास भइरहेको स्पष्ट पारे ।

‘स्थानीय तहसंग सम्बन्धित समस्या आएमा सम्बन्धित स्थानीय सरकारको प्रमुख वा कार्यकारी अधिकृतलाई समाधानका लागि जानकारी गराउने काम भइरहेको छ’, उनले भने–‘स्थानीय तहबाट सम्बोधन भएन भने प्रदेश सरकारले त्यसमा हस्तक्षेप गर्नेछ ।’

उक्त छलफलमा राससका सेती अञ्चल कार्यालय प्रमुख सिद्धराज भट्टले प्रदेश सरकारले सहज रुपमा सूचना उपलब्ध गराउन आवश्यक रहेको बताए । ‘प्रदेश सरकारले गरेको काम कारबाहीबारे अहिलेसम्म सहज रुपमा सूचना उपलब्ध भएको छैन’, उनले भने–‘सबै मन्त्रालयबाट सहज र सरल तरिकाले सूचना दिने व्यवस्था गरिनु पर्दछ ।’ पश्चिमटुडेबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE