मङ्लबार, फाल्गुन १३, २०७६
Tuesday, February 25, 2020

ट्याक्सी र अटो रिक्सा व्यवस्थापनमा कठिनाइ

धनगढी साउन ९। कानूनले ट्याक्सी र अटो रिक्सा व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएको भए पनि कार्यान्वयन चुनौती देखिएको छ । स्थानीय तह संचालन ऐन २०७४ ले आफ्नो क्षेत्रभित्र चल्ने ट्याक्सी र अटो रिक्सा दर्ता, नविकरण, जाँचपास लगायत सबै व्यवस्थापन स्थानीयत हले नै गर्नुपर्ने उल्लेख छ । अहिलेसम्म यो काम यातायात व्यवस्था कार्यालयले नै गर्दै आएको थियो । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले सुरुमा सबै स्थानीय तहलाई व्यवस्थापन गर्न अप्ठ्यारो हुने बताए ।

ट्याक्सी र अटो रिक्सा व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरोकारवालाहरु मंगलबारसंग छलफल गरिएको पनि नगरप्रमुख वडले जानकारी दिए । सेती अंचल यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख कृष्ण भुषालका अनुसार अब स्थानीय तहले यस कार्यालयबाट गरिने काम गर्नुपर्ने छ जो सुरुमा निकै अप्ठेरो छ । यातायात व्यवस्था कार्यालयका प्रमुख भुषालका अनुसार ट्याक्सी र अटो रिक्साको दर्ता नविकरण, जाँचपास, सवारी संचालन अनुमतीपत्र, कर तथा राजश्व संकलन लगायतका काम स्थानीय तहले नै गर्नुपर्ने भएको छ ।

साउन १ गतेबाट यो अधिकार स्थानीय तहमा गएको छ प्रमुख भुषलले भने–सबै स्थानीय तह तयार भै नसकेकाले केहि अलमल भएको छ । उनले स्थानीयतहको अधिकारको कुरा भएकाले अर्को व्यवस्था नभएसम्मलाई यातायात व्यवस्था कार्यालयले नै काम गर्ने र भदौबाट स्थानीयतहले नै काम गर्ने मौखिक निर्णय भएको बताए । उनले भने–यस अवधिमा प्रदेश नं ७ का सबै स्थानीयतहका जनप्रतिनिधिहरु बसेर छलफल गर्ने, स्थानीनतहमा यातायात ब्यबस्थापनका लागि काम गर्ने कर्मचारीहरुलाई अभिमूखिकरण गर्ने र स्थानीयतहमा अन्य आबश्यक तयारी गर्ने विषयमा पनि छलफल भएको छ ।

ट्याक्सी र अटो रिक्सा व्यवस्थापनमा कतिपय प्राविधिक कुराहरु रहेका छन् यातायात व्यवस्था कार्यालय प्रमुख भुषालले भने–सवारी जाँचपास गर्ने, सवारी संचालन अनुमतिपत्र दिने जस्ता कुरामा समस्या आउन सक्छ । बिल्यूबुक छाप्ने, लाईसेन्स कार्ड छाप्ने काम जटिल नै हो ।’ उनले अप्ठेरो ठाउँमा आफूहरुले सहयोग गर्ने पनि बताए ।

कतिपय प्रदेशका स्थानीयतहले यातायात व्यवस्थापनको काम गर्न नसक्ने भन्दै यातायात व्यवस्था कार्यालयलाई नै सुम्पि उनले रहेको बताए । उनले भने–अप्ठयारा छन् तरपनि व्यवस्थापन गर्न सक्छन् भन्ने आशा गर्न सकिन्छ ।

टीकापुर नगरपालीकाका प्रमुख तपेन्द्र रावलले ट्याक्सी र अटो रिक्सा व्यवस्थापनको समस्या कैलाली र कञ्चनपुरका स्थानीयतहसंग रहेको बताए । उनले जति समस्या भएपनि आफ्नो जिम्मामा आएको काम गर्न तयार रहेको बताए । केहि दिनमा उपलब्ध स्थानीय तहका जनप्रतिनिधिहरुको यसै विषयमा बैठक बस्ने उनले बताए ।

सेती अंचल यातायात व्यवस्था कार्यालयमा ३ हजार र महाकाली अंचल यातायात व्यवस्था कार्यालयसंग १ हजारको हाराहारीमा ट्याक्सी र अटो रिक्सा दर्ता रहेका छन् । अहिले पनि भित्रिनेक्रम रोकिएको छैन । सबै ट्याक्सी र अटो रिक्सा धनगढी, महेन्द्रनगर, टिकापुर र अत्तरियामा केन्द्रित हुँदा बजारमा ट्राफिक व्यवस्थापन गर्न चुनौती भएको छ । ट्याक्सी र अटो रिक्साले बजार अस्तब्यस्त बनाएको छ ।

यसैबीच, प्रदेश नं ७ का भौतिक पूर्वाधार तथा यातायातमन्त्री पठनसिंह बोहराले स्थानीय तहलाई ट्याक्सी र अटो रिक्सा ब्यबस्थापनको जिम्मा लगाएर छोड्न नहुने बताएका छन् ।

मंगलबार मन्त्री बोहराकै कार्यकक्षमा बसेको सरोकारवालाहरुको बैठकमा मन्त्री बोहराले यस्तो सुझाव दिएका हुन ।् सबै नयाँ अभ्यासमा छौ, मन्त्री बोहराले भने, स्थानीयतहमा यातायात ब्यबस्थापनको क्षमता विकास नभए सम्म यातायात व्यवस्था कार्यालयले सहयोग गर्नुपर्छ । मन्त्री बोहराले यातायात व्यवस्था कार्यालयले प्राविधि, सिप, अभिमूखीकरण लगायतमा सहयोग गर्नु पर्ने बताए ।

आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले स्थानीय तहमा तयारी नहुँदासम्म यातायात व्यवस्था कार्यालयमा नै दर्ता गर्ने र जुन ठाउँको लागि दर्ता भएको हो सोही स्थानीयतहको खातामा राजश्व दाखिला गर्न सकिने बताए । यसै बिषयमा साउन ११ गते पुनः बैठक बस्ने कुरो भएको पनि आर्थिक मामिला तथा योजना मन्त्री बोहराले जानकारी दिए । पश्चिमटुडेबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE